सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ २३ । प्रहरीले ईन्डियन प्रिमियर लिग क्रिकेट, बिश्वकप क्रिकेट, च्याम्पियनसिप, फुटवल समेतका खेलमा सट्टावाजी गरी अबैध रकम असुली गर्ने तिन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जेठ २१ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे घर भई हाल काठमाण्डौँको स्वयम्भु बस्ने बज्र प्रकाश लामा र बिधुत प्रकाश लामा तथा रामेछापको लिखु – २, सैपुउमेशमा बसोबास गर्ने उमेश कार्की लाई पक्राउ गरेको हो ।
उनीहरु लगायतका ब्यक्तिहरुले सर्वसाधारणहरुलाई हारजितको वाजी राख्न लगाई सट्टावाजी गरी अबैध रुपमा रकम असुली गरेका थिए । बिषेश सूचनाको आधारमा सट्टावाजी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरुको निग्रानी राख्न खटिएको प्रहरी टोलीले निजहरुलाई जेठ २१ गते दिउँसो १ बजे काठमाण्डौको बिजेश्वरी र न्यूरोडबाट पक्राउ गरेको हो ।
एक लाख नगद सहीत पक्राउ परेका तिनै जनालाई सट्टावाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि विहिवार महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
कुनै पनि खेलहरुमा कुनै पनि किसिमको हारजित हुने गरी बाजी राख्ने र खेल्ने कार्य गैरकानूनी भएकोले कोही कसैको प्रलोभनमा नपर्न महानगरीय अपराध महाशाखाले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा