सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २३ । प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । राधे भनिने राधाकृण्ण भण्डारीलाई धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
स्थानीयबासीलाई हतियार देखाएर धम्क्याएको सूचना पाएपछि पुगेको प्रहरीमाथि उलटो आक्रमण गरेपछि उनलाई हतियारसहित पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। भण्डारी नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको जिल्ला उपाध्यक्ष पनि हुन् ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा