• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

      २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

      ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

      गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

      ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

      नेपाल टेलिकमको नगद लाभांश घोषणा

      पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

      ‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

      बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

      महेश बस्नेत सहित ओली समूहका ७ नेतालाई कारबाही

      ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

      विराटनगर मनपामा राजस्व संकलन अनलाइनबाट

      संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

      राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग गुनासो: गाउँपालिकाले चार महिनासम्म भत्ता दिएन

      रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    होमपेज /  समाचार

    बालाजु बाइसधारामा आकर्षण बढ्दो

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २२, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    -जमुना धमला/काठमाडौं, जेठ २२ ।
    कति दिनपछि आज मैले बालाजी देख्याँ
    पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ
    वरिपरि लहरामा भुलिबस्न्या चरा छन्म
    धुर वचन बोली मन् लिँदा क्या सुरा छन् ।

    –आदिकवि भानुभक्त आचार्य

    पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका,-१६ स्थित उत्तर-पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा दैनिक तीन सयको हाराहारीमा युवा अवलोकनका लागि आउने गर्छन् । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन आउने अवलोकनकर्ता अत्यधिक रहेको बताए ।

    उनका अनुसार अव्यवस्थित शहरीकरणको कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेका अवस्थामा बाइसधारा उद्यानले युवाको मन जित्न सफल भएको छ ।

    उद्यानमा माया साट्न आउने मायालु युवा जोडीको आगमनले थप सौन्दर्य थपेको छ । “यहाँको स्वच्छ, सफा वातावरणले थाकेको मनलाई पनि आनन्दित बनाउने छ ।” माछापोखरीबाट घुम्न आउनुभएका ज्योति तामाङले भने ।

    त्यस्तै नागार्जुनबाट आएका अनिल थापा उद्यानले युवा पुस्तालाई मनोरञ्जन दिने काम गरेको बताउँछन् । ‘यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरिथरी फूलको सुगन्धले सारा दुःख नै भुल्छु ।’

    बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करीब १६२ रोपनी क्षेत्रफलमा फैलिएको एैतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो ।

    विसं २०१८ जेठ २७ गते शिलान्यास भई २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ ।

    राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सन् १७३६ मा सो क्षेत्र जताततै पानीले जलमग्न भएको कारणले गर्दा पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा हात्तीको मुखाङ्कित २१ ढुङ्गेधारा निर्माण गरेका थिए ।

    त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरु ठूलो धारा थपी बाइस धारा पु¥याएका थिए । त्यसपछि सो स्थलको नाम बालाजु बाइसधारा रहन गएको हो ।

    धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचूडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्छ ।

    चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुनाका साथै शरीरका सारा रोगव्याधि हराउँछन् भन्ने विश्वासका साथ लाखौँ भक्तजन यहाँ मेला भर्न आउँछन् ।

    आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडोँ आउने क्रममा जब बालाजु देखे तब रमाएर कविता नलेखी बस्नै सकेनन् । विसं २०५१ को भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि आचार्यको शालिक स्थापना गरियो ।

    बालाजु उद्यान साहित्यकर्मीका लागि पनि त्यत्ति२कै महत्वपूर्ण तीर्थस्थल हो । त्यसै गरी नेपाली महिलाको महान पर्व तीजमा पनि हजारौँ महिला त्यहाँ दर्शनका लागि आउने गर्छन् । विभिन्न धर्मावलम्बीले पुज्ने मन्दिरसँगै बौद्ध गुम्बा पनि रहनाले यहाँका बासिन्दाका बीचमा धार्मिक सद्भाव तथा सहिष्णुता रहेको पाउन सकिन्छ ।

    उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्धका लागि आउनेहरु पनि त्यत्तिकै छन् । उद्यानमा प्रवेश शुल्क विदेशी नागरिकका लागि प्रतिव्यक्ति रु ७५, नेपाली नागरिकका लागि प्रतिव्यक्ति रु २५ र विद्यार्थीका लागि रु १५ कायम गरिएको छ ।

    उद्यानमा म्युजिक भिडियो छायाङ्कनका लागि रु १० हजार तथा विदेशी चलचित्र छायाङ्कनका लागि रु २० हजार शुल्क निर्धारण गरिएको छ । उद्यान प्रवेशमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तका लागि छुटको व्यवस्था छ ।

    उक्त उद्यानमा आर्थिक वर्ष २०७४/०७५ मा रु ४७ लाख २७ हजार ५०० सर्वसाधारणबाट, रु ५५ लाख ६ हजार ५०० विद्यार्थीबाट, रु ३१ हजार ९५० विदेशी नागरिकबाट शुल्क उठेको कार्यालयले जनाएको छ । आव २०७५/७६ मा पनि अवलोनकर्ता आउने क्रम बढिरहेको बताइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    नेपाल टेलिकमको नगद लाभांश घोषणा

    ‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

    बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

    ‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

    विराटनगर मनपामा राजस्व संकलन अनलाइनबाट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    महेश बस्नेत सहित ओली समूहका ७ नेतालाई कारबाही

    संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

    कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑