सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २२ । मानव संशाधनको विकासमा सरकारले जोड दिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन्। सरकारले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
बुधबार काठमाडौंमा भुटान-नेपाल ह्यूमन क्यापिटल फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले मानव संशोधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको जनाए।
भुटान र नेपालले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने पनि अर्थमन्त्री खतिवडाले बताए । तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकार मानव संशाधनको विकास कार्यक्रममा केन्द्रित हुनु परेको उनले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा