सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसको अवसर पारेर एभोकाडोको विरुवा रोपेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय योजना आयोगको परिसरमा एभोकाडोको विरुवा रोपेका हुन्। विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले बुधबार योजना आयोग परिसरमा फलफूलका विरुवा रोपेका हुन्।
सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गत वर्षदेखि सुरु गरेको हो। यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकाडोको विरुवा रोपेका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा