सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २१ । राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले यही जेठ २३ गतेसम्म सामान्य छलफल हुने भनिए तापनि २३ गतेको बैठक २७ गते बस्ने जानकारी दिए । बजेटमाथिको सामान्य छलफल आजदेखि तीन दिनसम्म चल्ने भनिएको थियो ।
बजेटमाथिको छलफलमा सांसद कोमल ओलीले बजेट जनचाहनाको दस्तावेजका रुपमा आएको र यो न्यायसहितको विकासको स्पष्ट रुपरेखा भएको बताए । उनले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा ध्यान दिनु बजेटको महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे ।
सांसद सुमनराज प्याकुरेलले बजेटमा ज्येष्ठ नागरिकलाई केन्द्रमा राख्नु स्वागतयोग्य भएको र समाजका सबै वर्ग र समुदायकलाई समेटेको बताए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा