सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उनले त्यहाँ मुटुको शल्यक्रिया गराएका मुख्यमन्त्री पौडेलको अवस्था बुझेका थिए ।
मुटुरोग विशेषज्ञ डा। चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ । मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा