सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अलिसा पन्त / कैलाली, जेठ २१ । कैलालीमा मंगलबार स्कुल बस दुर्घटना भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ३ मा लिटिल एन्जल्स बोर्डिङ स्कुलको से १ ख ३९८ नम्बरको स्कुल बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । बसको स्टेरिङको रड भाच्चिएर भजनी सडक जाने क्रममा स्वास्थ्य चौकी अगाडी दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार उक्त स्कुल बसमा २५ जना सम्म विद्यार्थीहरु रहेका थिए र दुर्घटनामा परि केही विद्यार्थीहरु घाइते भएका छन तर कति घाइते भएका छन अहिलेसम्म इप्रकामा नटिपाइएको प्रहरीले जनाएको छ । सबै घाइते विद्यार्थीहरुको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भैरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा