सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ २१ । नेपाल राष्ट्र वैंकले नोटका विशेषता सार्वजनिक गरेको छ । राष्ट्र वैंकले सर्वसाधारणलाई सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस् भन्ने उद्देश्यले १००, ५०० र १००० दरका नोटमा रहेका विशेषता सार्वजनिक गरिएको राष्ट्र बैँकले जनाएको छ।
रुपैयाँ १०० दरको नोटमा रहेका सुरक्षण विशेषताहरु सम्बन्धी सर्वसाधारणका लागि जारी गरिएको जानकारीमूलक सामग्री:
(१) पानीछाप (Watermark)
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट /मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।
– उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक सिंगे गैंडाको माउ र बच्चा भएको भाग) दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
(२) See Trhough Register
– Nepal Rastra Bank को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त पार को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।
– नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
(३) सुरक्षण धागो (Security Thread)
– सुरक्षण धागोमा NRB र 100 क्रमैसँग लहर मिलाएर लेखिएको छ ।
– नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।
– उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ ।
– उक्त सुरक्षण धागो नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने) नोटको अग्रभागलाई हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ ।
(४) Intaglio Print
– नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ ।”, मायादेवीको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएको एक वटा गोलाकार थोप्ला आदि विशेषताहरु
नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन् ।
– उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।
नोटः
– नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लिखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ ।
– उल्लिखित सुरक्षण विशेषताहरु सिरिज वि.सं. २०७२ (नोटको अग्रभागमा लेखिएको) अथवा 2015 A.D. (नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका छन् । उक्त सिरिजभन्दा अघिल्ला रु. १०० दरको नोटहरुमा भएका सुरक्षण विशेषताहरु माथि उल्लिखित सुरक्षण विशेषताहरुभन्दा केही फरक रहेका छन् ।
रुपैयाँ ५०० दरको नोटमा रहेका सुरक्षण विशेषताहरु सम्बन्धी सर्वसाधारणका लागि जारी गरिएको जानकारीमूलक सामग्री
(१) पानीछाप (WaterMark)
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट टर्च लाइट मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।
– उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा पाटे बाघ भएको भाग) दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
(२) See Trhough Register
– Nepal Rastra Bank को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त ।पारउ को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।
– नोटको उक्त पार प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
(३) सुरक्षण धागो (Security Thread)
– सुरक्षण धागोमा NRB, बाघको आकृति र 500 क्रमैसँग लहर मिलाएर लेखिएको छ ।
– नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ।
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।
– उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।
– उक्त सुरक्षण धागो नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ ।
– सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने) नोटको अग्रभागमा हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ ।
(४) Intaglio Print
– नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ ।”, कुवेरको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन् ।
– उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।
– नोटमा रहेको कवेरको आकृतिको रंग नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने) नोटको अग्रभागमा हेर्दा उक्त आकृति सुनौलो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रंगको देखिने हुन्छ ।
नोटः
– नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लिखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ ।
– उल्लिखित सुरक्षण विशेषताहरु सिरिज वि.सं. २०७३ (नोटको अग्रभागमा लेखिएको) अथवा 2016 A.D. (नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका छन् । उक्त सिरिजभन्दा अघिल्ला रु. ५०० दरको नोटहरुमा भएका सुरक्षण विशेषताहरु माथि उल्लिखित सुरक्षण विशेषताहरुभन्दा केही फरक रहेका छन् ।
रुपैयाँ १००० दरको नोटमा रहेका सुरक्षण विशेषताहरु सम्बन्धी सर्वसाधारणका लागि जारी गरिएको जानकारीमूलक सामग्री:
(१) पानीछाप (Watermark)
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट /मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।
– उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
(२) See Trhough Register
– Nepal Rastra Bank को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।
– नोटको उक्त ।पारउ प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
(३) सुरक्षण धागो (Security Thread)
– सुरक्षण धागोमा NRB र उक्त NRB को ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ।
– नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।
– उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।
(४) Intaglio Print
– नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्वी नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।”, भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन् ।
– उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।
नोटः
– नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लिखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ ।
– उल्लिखित सुरक्षण विशेषताहरु सिरिज वि.सं. २०७३ (नोटको अग्रभागमा लेखिएको) अथवा 2016 A.D. (नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका छन् । उक्त सिरिजभन्दा अघिल्लो रु. १००० दरको नोटहरुमा भएका सुरक्षण विशेषताहरु माथि उल्लिखित सुरक्षण विशेषताहरुभन्दा केही फरक रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा