सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २० । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश अगाउने गरी विभिन्न कानुन ल्याउन लागेकोप्रति नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले सोमबार विज्ञप्ती निकालेर सरोकारवालासँग छलफल नै नगरी सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धि विधेयक सुटुक्क संसदमा पेश गर्नु गम्भीर विषय भएको बताए।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र नियन्त्रित गर्ने प्रावधानहरु सहितका विधेयकहरु संसदमा लानु र पारित गर्न तम्सिनु अहिलेको सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप भएको आरोप कोइरालाले लगाएका छन्।
संसदमा दर्ता भएका सञ्चार क्षेत्रसँग सम्बन्धित विधेयक फिर्ता लिई सरोकारवालासँग पर्याप्त छलफल र सहमतिका आधारमा पुनः प्रस्ताव गर्न सरकारलाई नेता कोइरालाले आग्रह गरेको जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा