सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ १९ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले निलम्बित पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। आइतबार प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।
प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेकापदम राई झन्झन् पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको छ ।’
प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौँ कचराहरू पलायनहुने क्रान्तिको अनिवार्य नियमहो र हाम्रो पार्टीका सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सर्वहारा वर्ग, श्रमिकतथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वैज्ञानिक समाजवादीक्रान्तिनिरन्तर अगाडि बढिरहेको छ । यो भीषण र पेचिलो सङ्घर्ष पुँजीपतिवर्ग र सर्वहारा वर्गकाबीचको दुई विश्वदृष्टिकोणको लडाइँ पनि हो । यो लडाइँमा सामाजिक दलाल फासिवादी वली–प्रचण्ड मण्डलीको सरकारले दमनका सबै हर्कत जारी राखेको छ । तरयो दलाल पुँजीपतिवर्गको प्रतिनिधि सरकार जनताबाट अलग–थलग बन्दै गएको छ ।’
अगाडि भनिएको छ, ‘पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरूको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायमा अपिल गरिन्छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा