सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ १९ । उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि वर्षा भइरहेको छ ।
अहिले प्रि–मनसुनको समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर असिनासहित पानी आउने गरेको छ । देशभरको मौसम आइतबार पनि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
जेष्ठ १९ गते (आइतबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही केहि पहाडी भू-भागहरूमा र पूर्वी तराईमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
जेष्ठ २० गते (सोमबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ ।
जेष्ठ २१ गते (मंगलबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा