सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारत यो समय भीषण गर्मीको चपेटामा परेको छ । निरन्तर बढिरहेको गर्मि शनिवार सर्वाधिक ५० डिग्रि सेल्सियस तापक्रम पुगेको छ । मानिसहरु घर वाहिर निक्लनु भन्दा पहिला १० पटक सोचिरहेका छन् । मौसम विभागले एनसीआर सहित कैयौ राज्यको लागी शनिवारसम्म रेड अलर्ट जारी गरेको छ ।
भारतीय मौसम विभाग (आईएमडी) मौसमको स्थिति बताउनको लागी अलग–अलग रंगका अलर्ट जारी गर्दछ । जिसमा ग्रिन, अरेन्ज, यल्लो र रेड समावेश छ । रेड अलर्टलाई सबैभन्दा खतरनाक मानिन्छ । आईएमडीले शुक्रबार भनेको छ कि भीषण गर्मीको कारण पंजाब, हरियाणा, दिल्लि, चंडीगढ, पश्चिम र पुर्वी उत्तर प्रदेश, राजस्थानको कैयौ भाग र विदर्भको लागी रेड वार्निङ जारी गरीएको छ ।
सबै उमेरका मानिसहरु गर्मीले विरामी भईरहेका छन् यद्यपी, जहाँको लागी अरेन्ज क्याटागोरी जारी गरीएको छ, भने गर्मीमा सकेसम्म बाहिर ननिस्कन सल्लाह दिइएको छ ।
यता, उत्तर प्रदेशको बांदामा अधिकतम तापक्रम ४८.२ डिग्रि सेल्सियस पुगेको छ । जुन सामान्य भन्दा ५ डिग्रि सेल्सियस बढि हो । प्रायगराजमा २५ बर्षको रेकर्ड ४८.०४ लाई तोडेर ४८.०६ डिग्रि सेल्सियस पुगेको छ ।
लखनउमा ४४, चुरुमा ४५, झासी र उरईमा सामान्यभन्दा ३ डिग्रि बढि ४५ र आगरामा ४५ डिग्रि सेल्सियस तापमान पुगेको छ । अलीगण्मा तापमान ४५, इटावामा ४४ डिग्रि सेल्सियस सम्म पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा