सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, जेठ १७ । प्रदेश नं. ३ सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । उक्त सभामा यहि जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बिहीबार र शुक्रबार सांसदहरुले प्रदेशको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिएका छन् । उक्त छलफलमा भाग लिने सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिएता पनि प्रतिपक्षलगायतका दलका सांसदहरुले भने, नीति तथा कार्यक्रम प्रचारमुखि नारैनारा मात्र आएको जनाए ।
प्रदेशसभाका ६० जनाभन्दा बढी सदस्यहरुले नीति तथा कार्यक्रममा भाग लिइसकेपछि शुक्रबार बहुमतले पारित गरेको हो । प्रतिपक्षी दल नेपाली कांग्रेस विवेकशील नेपाली दल, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका दलले नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव राखेका थिए ।
तर, त्यो संशोधन प्रस्तावमाथि मुख्यमन्त्री पौडेलले स्पष्ट कार्यान्वयन गर्ने जवाफ नदिएको भन्दै प्रस्ताव फिर्ता नलिएपछि सभामुख श्रेष्ठले बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा