सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १७ । नेपाल रेडक्रस सोसाइटीलाई प्रभावकारी रुपमा काम गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आग्रह गरेका छन् । आज गृह मन्त्रालयमा रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग भएको छलफलमा गृहमन्त्री थापाले कार्यसमितिमा अनुभवि टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
रेडक्रसले स्वास्थ्य, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै मानविय सेवामा रेडक्रसको भूमिका सराहनीय रहेको मन्त्री थापाले जनाए । गृहमन्त्रालय र रेडक्रसबीच विगतदेखिनै सहकार्य रहेको टिप्पणी गर्दै नयाँ कार्यसमतिलाई समेत गृह मन्त्रालयबाट बाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएको छ ।
सोसाइटीका अध्यक्ष डा.विश्वकेशर मास्केले रेडक्रसको नयाँ कार्यसमिति गठन गर्न गृहमन्त्रालयले खेलेको भूमिकाका लागि गृहमन्त्रीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नेपालको रेडक्रसलाई दक्षिण एसियाकै उत्कष्ट बनाउने गरी आफुहरुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी विपद् व्यवस्थापन लगायतका क्षेत्रमा रेडक्रसले काम गर्दै आएका छन् । यसका साथ-साथै एक वर्षको वार्षिक कार्यतालिका बनाएर आफुहरुले काम सुरु गरिसकेको समेत उनले जनाए। यही जेठ ६ गते डा.मास्केको अध्यक्ष्यतामा नेपाल रेडक्रस सोसाइटीको १७ सदस्यीय तदर्थ समिति गठन गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा