सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ समारोहसँग जोडिएको ऐतिहासिक समयमा ८ हजार भन्दा धेरे देशी–विदेशी पाहुनाहरु साक्षी बने । यसमा १४ देशका राष्ट्राध्यक्ष, ६ दर्जन भन्दा बढि देशका राजदुत तथा उच्चायुक्त र देशभरका साधारणदेखी गन्य मान्य ब्यक्तित्वहरु सबै उपस्थित थिए ।
तर यो पटक पनि मोदीले आफनो परिवारजनलाई शपथ समारोहमा बोलाएनन् । यद्यपी, यो कुरालाई लिएर परिवारजनहरुले कुनै आपत्ति जनाएका छैनन्, तर मोदीको बहिनि बसन्तिले उनको जिवन राष्ट्रको लागी समर्पित भएको बताइन ।
गुजरातमा करीब डेढ दशकसम्म मुख्यमन्त्रि बनिसकेका र पछिल्लो पाँच बर्ष प्रधानमन्त्रिको कुर्सि सम्हालिसकेका मोदीले आफनो सरकारी आवास र सरकारी आयोजनाबाट परिवारका सदस्यहरुलाई सधै टाढै राखे । मुख्यमन्त्रि आवास जस्तै प्रधानमन्त्रि आवासमा पनि मोदी एक्लै बस्छन् ।
पहिलो कार्यकालमा उनकी आमा हीराबेन केही दिनसम्म लोककल्याण मार्ग स्थित प्रधानमन्त्रि आवासमा बसेकी थिइन । स्वयंम प्रधानमन्त्रि यसको आशायको खुलासा गर्दे भनेका छन कि मेरो ब्यस्तताको कारण आमा यहाँ बस्न चाहनुभएन । यद्यपी, प्रधानमन्त्रि जब गुजरात जान्छन् तब आफनो आमा र परिवारजनलाई भेट्न कहिले भुल्दैनन् ।
प्रधानमन्त्रि मोदीको गुजरातमा ठुलो परिवार छ । सबैभन्दा ठुलो दाई सोमनाथ मोदी वडनगरमा बृद्धाश्रम चलाउछन् । अहमदाबादको घाटलोदियामा बस्ने दोस्रा ठुला दाई अमृत मोदी एक निजि कम्पनिमा फिटर छन् । सानो भाई प्रल्लाहद मोदी पसल सञ्चालन गर्छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा