• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

      चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

      साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

      वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

      सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

      विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो गृहमन्त्री बादल नेतृत्वमा वार्ता टोली

      सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रधानमन्त्री ओली

      प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

      वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई कमपाको पत्र

    होमपेज /  मुख्य समाचार

    यस्ता छन् ३ मन्त्रिपरिषद बैठकका २७ निर्णयहरु

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १६, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौँ, जेठ १६ । सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ ।

    बिहीबार अर्थ मन्त्रालयको सुवर्णहलमा नियमित पत्रकार सम्मेलन मार्फत सुचना संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यस्तो जानकारी दिएका हुन् ।
    वास्कोटाले ३ वटा मन्त्रीपरिषदको बैठकले गरेका २७ वटा निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्।

    यस्ता छन् मन्त्रिपरिषदका २७ निर्णयहरु

    १.नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपालीवार्ता टोली गठन गरिएको छ ।

    २. नेपाली सैनिक चार्टर उडान विकास समितिलाई कायम राख्ने निर्णय गरिएको छ ।

    ३. निम्न प्रयोजनका लागि वनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–

    क) प्रगन्ना तथा बडकापथ सिँचाइ आयोजनाको नहर निर्माणका लागि दाङ जिल्लाको गढवा गाउँपालिका वडा नं. १–६ मा परेको १४ वटा सामुदायिक वन समेतको कूल २४.४० हेक्टर थप राष्ट्रिय वनक्षेत्र

    ख) ढोडरी–राजापुर–सतीघाट हुलाकी सडकको स्तरोन्नतीका लागि बर्दिया जिल्लाको राजापुर नगरपालिका १–९ मा रहेकातीन वटा सामुदायिक वन (कर्णाली, लठवा र सरस्वती) सहितको कुल १.४७ हेक्टर राष्ट्रिय वनक्षेत्र

    ग) वीरेन्द्रनगर नगरपालिकाका लागि ल्याण्डफिल साइट निर्माण गर्न सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका १ मा पर्ने कृष्ण सामुदायिक वनको ४.४७ हेक्टर राष्ट्रिय वनक्षेत्र

    घ) न्यादी १३२ के.भी. विद्युत प्रसारण लाइन निर्माणका लागि लमजुङको मस्र्याङ्दी गाउँपालिका ३ र ६ मा परेको महादेवस्थान सामुदायिक वन लगायत अन्नपूर्ण संरक्षण क्षेत्रको गरी कूल ३.०३२ हेक्टर राष्ट्रिय/सहकारी वनक्षेत्र (२५ वर्षका लागि)

    ४. लुम्बिनी विकास परिषद्को सदस्य सचिवश्री विष्णुप्रसाद ढकाललाई पदबाट हटाउने निर्णय गरिएको छ ।

    ५. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र व्यवसायिक सञ्चालनका लागि सरकार–सरकार सम्झौतागर्ने कार्य अघि बढाउन सैद्दान्तिक सहमति दिइएको छ ।

    ६. भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा मिनिस्टर (इकोनोमी) पदमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवश्री कृष्णहरी पुष्करलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने र निजलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरिएको छ ।

    ७. नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दोस्रो नवीकरण वापतको नवीकरण दस्तुर रु. २० अर्वमध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी प्रथमकिस्ता वापतको दूरसञ्चार (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सूचित गराउने निर्णय गरिएको छ ।

    ८. मुस्लिम आयोगको सिफारिस समेतलाई दृष्टिगत गरी मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

    ९. नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरिएको छ ।

    १०. प्रदेशतथा स्थानीयतहकालागि कूटनीतिक मामिला सम्बन्धी निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

    ११. मदिरा उत्पादन र विक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश, २०७५ प्रचलित कानुनी र व्यवहारिक पक्ष हेरेर अध्ययन गरी पुनः पेश गर्न सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको छ ।

    १२. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ स्वीकृत गरिएको छ ।

    १३. व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७५ स्वीकृत गरिएको छ ।

    १४. बजेट वक्तव्य लगायत देहायका विधेयक संघीय संसद्को बैठकमा पेश गर्न स्वीकृतिदिइएको छ–

    क) आर्थिक वर्ष २०७६।०७७ को बजेट वक्तव्य

    ख) विनियोजन विधेयक, २०७६

    ग) आर्थिक विधेयक, २०७६

    घ) राष्ट्र ऋण उठाउने विधेयक, २०७६

    ङ) ऋण तथाजमानत (तेइसौं संशोधन) विधेयक, २०७६

    त्यसैगरी सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सो आदेश मिति २०७६ जेठ १५ को अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।

    १५. देहायका नियमावली स्वीकृत गरिएको छ–

    क) मूल्य अभिवृद्धि कर (एक्काइसौं संशोधन) नियमावली, २०७६

    ख) अन्तःशुल्क (उन्नाइसौं संशोधन) नियमावली, २०७६

    ग) भन्सार (दशौं संशोधन) नियमावली, २०७६

    घ) आयकर (नवौं संशोधन) नियमावली, २०७६

    त्यसैगरी निजी गुण्टा, झिटी, भारी सम्बन्धी २०७३ जेठ २५ मा प्रकाशित सूचनाको सट्टा ‘यात्रुले अफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना’ स्वीकृत गरिएको छ ।

    १६. राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लि. सञ्चालन र अनिवार्य अवकाश भएका कर्मचारीको सुविधा उपलब्ध गराउने प्रयोजनका लागि रू १ करोड १३ लाख ४७ हजार ऋण लगानीको रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ ।

    १७. नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय विकास कोषको ऋण र अनुदानमा सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना आ.व. ०७६÷७७ देखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत छुट्टै बजेट उपशिर्षक कायम गरी कार्यक्रम र बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ ।

    १८. नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका ११ स्थित कित्ता नं. २३९७ को क्षेत्रफल ६२–१–३–१ रोपनीबाट नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४ भदौ १९ गतेको निर्णयबाट प्रहरी परिसर काठमाण्डौंलाई उपलब्ध गराउने भनी निर्णय भएको ३२ रोपनी जग्गामध्ये हाललाई महानगरीय प्रहरी परिसर, काठमाण्डौंको नाममा १५ रोपनी जग्गा प्रतिआना रु. ५० लाखका दरले रु. १ अर्ब २० करोड रजिष्ट्रेशनपास गर्न लाग्ने रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय गरिएको छ ।

    त्यसैगरी साविक नेशनल ट्रेडिङ लिमिटेड हाल नेपाल आयल निगमको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिकाको टेकु स्थित महानगरीय प्रहरी परिसर र अपराध महाशाखा, काठमाण्डौंको कार्य सञ्चालन भइरहेको भवन तथा सो वरिपरीको जग्गामध्ये ९ रोपनी जग्गा नेपाल प्रहरीको अपराध महाशाखा, काठमाण्डौंको नाममा रजिष्ट्रेशन पास गर्ने निर्णय गरिएको छ ।

    १९. मस्कट स्थित नेपाली राजदूतावासका लागि जग्गा लिज मालिने सम्झौता गर्न स्वीकृति दिइएको छ ।

    २०. विश्व पर्यटन संगठनको आधिकारिक भाषामा चिनियाँ भाषालाई समावेश गर्ने सम्बन्धी प्रस्तावलाई नेपालले समर्थन गर्ने विषय संघीय संसद्मा पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

    २१. विर्तामोड–चन्द्रगढी सहायक राजमार्गको विर्ताबजार क्षेत्रमा सडक सीमा भित्र परेका जग्गामा बनेका स्थायी वा अस्थायी घर, टहरा तथा अन्य संरचनाहरूको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिइएको छ ।

    २२. बेसीसहर–चामेमा सडक खण्डमा निर्माणाधिन भलाम खोला पुलको एप्रोच सडक तथा पुलको रेखाङ्कनमा पर्ने जग्गा एवं स्थायीवा अस्थायी घर, टहरा तथा अन्य संरचना अधिग्रहण गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

    २३. उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत कालीगण्डकी कोरीडोर सडक निर्माणका लागि बेनी–जोमसोम–कोराला सडकखण्डको रेखाङ्कनमा पर्ने जग्गा एवं स्थायीवा अस्थायी घर, टहरा तथा अन्य संरचनाको जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

    २४. पाइलट महासेनानी स्व. कैलाश गुरुङ्गलाई मरणोपरान्त सहायक रथी दर्जामा पदोन्नति गरी निजको परिवारलाई नियमअनुसार पाउने सम्पूर्ण सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ ।

    २५. प्राविधिक प्रमुख सेनानी राजेश शाहलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

    २६. खुटिया–वी.पी. नगर–दिपालय सडक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

    २७. घरेलु तथा सानाउद्योग विकास समितिका सबै कर्मचारीको समायोजन गर्ने र उक्त समितिलाई सिद्धान्ततः कायम राखी सोको पुनःसंरचनाबारे मन्त्रालयले थप गृहकार्य गर्ने निर्णय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

    साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑