सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, जेठ १६ । भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि हुन लागेको सपथ कार्यक्रममा सहभागी हुन नयाँदिल्ली पुगेको छ।
यसैक्रममा, भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा छिरिङलाई स्वागत गरेका थिए । स्थानीय समय अनुसार साँझ ७ बजे राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदको सपथ गराउने जनाएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रणा गरेका छन्। सो बिमस्टेकमा भारत सहित नेपाल, बंगलादेश, भुटान, म्यान्मार, श्रीलंका र थाइल्यान्डका सदस्य रहेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यू वीन मिन्ट, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, र थाइल्यान्डका विशेष दूत सहभागी हुने कार्यक्रम छ।
साथै किर्गिजस्तानका राष्ट्रपति सूरोन्बे जीन्बेकोभ र भाजपाका विदेशी मित्रहरु उक्त सपथ कार्यक्रममा सहभागी हुने भारतको विदेश मन्त्रालयले जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा