सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १६ । २०७६’ जेठ २४ बाट तीन दिन सम्म ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने भएको छ । ३ दिवसिय ‘आदिवासी चलचित्र महोत्सव’ जेठ २४, २५ र २६ राष्ट्रिय सभागृह काठमाडौँमा आयोजना गर्न लागेको आदिवासी जनजाति चलचित्र महासंघकोले जनाएको छ ।
नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएकाले आदिमकालदेखि बसोबास गरिरहेका आदिवासीहरुको संस्कार सँस्कृतिमा आधारित चलचित्रको प्रदर्शन गर्न महोत्सव आयोजना गर्न लागेको बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोजक महासंघले जनाएका छन् ।
२०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भए देखि अहिलेसम्म झण्डै ७०० सय भन्दा बढी कथानक आदिबासी चलचित्र र ५०० भन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भएको महासंघले जनाएको छ । महासंघका अनुसार उक्त चलचित्रको प्रचार र निर्माणमा हौसला प्रदान गर्न महोत्सव आयोजना हुन लागेको हो ।
सो महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिबासी जनजाती प्रदर्शन गर्नुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु रहने आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले जनाएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा