सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १५ । आर्थिक वर्ष २०७६/७७मा सरकारले मेट्रो रेल र मोनो रेल निर्माणका लागि ७ अर्ब बजेट छुट्याएको छ । संघीय संसदको संयुक्त बैठकमा बुधबार नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका छन् । उक्त बजेटमा काठमाडौँलाई चीन र भारत दुबै तिर जोड्ने गरी २ वर्षभित्र रेल निर्माण सुरु गर्ने बताएको छ।
त्यस्तै नारायणी र कोशी नदीमा जल यातायातको लागि समत बजेट छुट्याइएको छ । रेल र जल यातायातका लागि १ खर्ब ६३ अर्ब बिनियोजन गरिएको छ ।
यसैगरी, काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा स्वचालित मेसिनबाट गाडी धुने व्यवस्था गरिने समेत बजेट व्यवस्था गरिएको छ भने, काठमाडौँलाई धुलोमुक्त बनाउने घोषणा समेत गरिएको छ । साथै सार्वजनिक यातायातमा भाडा तिर्न डिजिटल कार्ड बनाइने जनाएका छन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा