सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १५ । प्रधानमन्त्री कार्यालयमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समाधानकक्ष (एक्सनरुम) को उद्घाटन गरेका छन् । सोहि उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताए ।
एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेका छन् ।
एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास प्रधानमन्त्री ओलीले जनाए । उनले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताए ।
एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत एकै पटक छलफल गर्न, राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिने जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा