सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर, जेठ १५ । कैलालीमा १५ हजार घुस सहित भन्सार कार्यालयका एजेन्टका सहयोगी रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मंगलबार पूर्ण भन्सार छुट गराईदिने भन्दै सेवाग्राहीबाट १५ हजार घुस लिने टीकापुरको सती भन्सार कार्यालयका एजेन्टका सहयोगी राम बहादुर साउँदलाई पक्राउ गरिएको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका अनुसन्धान अधिकृत प्रेम बहादुर बस्नेत नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
भारतबाट सामान ल्याउने व्यापारीले पूर्ण भन्सार महसुल तिरिसकेपछि कर्मचारी मिलाएर भन्सार छुट गराई दिने भन्दै रकम लिईसकेको अवस्थामा साउँदलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए। साउँदलाई आज काठमाडौँ पठाईएको विष्टले बताए ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा