सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / दिपायल, जेठ १४ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ रेडियो नेपालको क्षेत्रीय प्रशारण चोक नजिक मंगलबार बेलुकी ६ बजेतिर जन्ती सवार ट्याक्टर पल्टिएको छ । जिल्ला सदरमुकाम दिपायलबाट जन्ती लिएर डडेल्धुरा तर्फ गैरहेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त हुदा अहिलेसम्मको जानकारी अनुसार १५ जना घाउते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले जानकारी दिएका छन ।
दुर्घटनामा परि घाइते हुनेहरु सबै दिपायल सिलगढी नगरपालिकाकै रहेको प्रमुख धामीले बताएका छन । घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ बस्ने २० बर्षिय हिक्मत भुल र १८ बर्षिय गणेश भण्डारी, सोहि नगरपालिका वडा नम्बर २ बस्ने १७ बर्षिय तेज भुल, १८ बर्षिय सुरेश आउजी, २४ बर्षिय डम्बर आउजी र ५२ बर्षिय दते आउजी, वडा नम्बर ३ बस्ने ३५ बर्षिय कालू नेपाली, ५६ बर्षिय प्रेम आउजी, २४ बर्षिय पुर्ण नेपाली, ४० बर्षिय नारायण दमाई र ४० बर्षिय जगदीश साउँद, वडा नम्बर ४ बस्ने ५२ बर्षिय त्रिक्पाल आउजी, ३६ बर्षिय कालू भट्टराई, ४१ बर्षिय खन्डी दमाई र ४५ बर्षिय रतन दमाई रहेका छन ।
ट्याक्टर दुर्घटना भएर घाइते भएका १५ जनालाई घटनास्थल नजिकै सुजङ अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ । गम्भीर घाइते कति जना छन प्रहरीले चेकजाँच गरेर रेफर गर्ने प्रमुख धामीले सेतो खबरलाई जानकारी दिए । उनले जन्ती बोकेको ट्याक्टर भएकाले ओभरलोड भएका कारण अनियन्त्रित भएर पल्टिएको हुनसक्ने अनुमान लगाउदै ट्याक्टरमा कतिजना थिए र कसरी पल्टियो यकिन थाहा नभएको समेत बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा