सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भाजपाले २३ मे मा प्रचण्ड बहुमतसँगै केन्द्रको सत्तामा फर्केको दिनलाई ऐतिहासिक दिवस भन्दै योगगुरु रामदेवले यो दिनलाई मोदी दिवस वा जन कल्याण दिवसको रुपमा मनाउन माग गरेका छन् ।
रामदेवले यो माग पंतजलीको दुघ र डेयरी उत्पादन शुभारम्भ कार्यक्रममा संवाददाताहरुसँगको कुराकानीकै क्रममा भनेका हुन् । उनले भने “२३ मे ऐतिहासिक दिन हो । यसलाई ‘मोदी दिवस वा जन कल्याण’ दिवस को रुपमा मनाउनु पर्दछ ।”
नरेन्द्र मोदी, जवाहरलाल नेहरु र इन्दिरा गांधीपछिका तेस्रो यस्ता प्रधानमन्त्रि हुन जसले लोकसभामा पुर्ण बहुमतसँगै दोस्रो कार्यकालको लागी सत्तामा फर्केका छन् ।
भाजपाले यो पटक ३०३ सीट जितेको छ जबकि कांग्रेस केबल ५२ सिटमा सिमित रह्यो । यो पटक ५४२ लोकसभा सीटमा चुनाव भएको थियो । चुनाव मत परिणामको घोषणा २३ मे मा भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा