सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, जेठ १३ । दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो ।
संसद्भवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आह्वन गरेको छ । सिंहदरबारको पुतली बगैंचाको १ सय ७६ रोपनी ८ आना क्षेत्रमा संसद्भवन बनाइने भएको छ ।
भवन अहिलेसम्मकै सबैभन्दा आधुनिक शैलीको हुने सहरी विकास मन्त्रालयको दाबी छ । ‘बोलपत्रको समय ४५ दिन तोकिएको छ । ठेकेदार कम्पनी छनोट भएपनि पनि तीन वर्षमा काम सम्पन्न गर्ने लक्ष्य छ’ सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा