सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ओखलढुंगा, जेठ ११ । सदमुकाम नजिकै भए पनि अन्धकारमा रुमलिएको वडामा लामो समयपछि विद्युत सेवा बिस्तार भएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ९ ज्यामिरेमा लामो समयपछि बत्ति बल्ने भएको हो । लामो समयदेखि सदरमुकामको उज्यालो हेरेर रात बिताईरहेका सर्वसाधारणमा बत्ति बल्ने भएपछि खुशीयाली छाएको छ ।
नगरपालिकास्थित भडारेबाट केन्द्रिय प्रसारण लाईनको विद्युत जोडिएपछि सर्वसाधारले धमाधम घरहरुमा मिटर बक्स जडान गर्न थालेका छन् । विद्युतको परीक्षण प्रसारणका लागि बुधबार आज ज्यामिरेको मिटर बक्समा बत्ति बालिएको ज्यामिरे विद्युत उपभोक्त समितिको अध्यक्ष पहलमान खड्काले बताए ।
झन्डै दुई वर्षको पहलपछि गाउँमा विद्युत बल्न लागेको उनले बताए । नगरपालिकाको गत वर्षको १२ लाख रुपौया र यस वर्षको १० रुपौयाको लागतमा वडामा विद्युत बाल्न लागेको उनको भनाई छ । विद्युत बिस्तारका लागि नेपाल विद्युत प्राधिकरण ओखलढुंगा शाखाको प्राविधिक सहयोग रहेको छ ।
बिगत दुई वर्षदेखि निरन्तर वडामा विद्युत बाल्ने लक्ष्यकासाथ लागीएको भएपनि गत वर्ष ज्यामिरेका साविकको वडाहरु १,२ र तिनमा मात्र विद्युत बाल्न थालिएको थियो । तर यस वर्षबाट साविकको वडाहरु ४,५,६,७ र ८ का झन्डै १ सय ५० भन्दा बढी सर्वसाधारणले विद्युत उपभोग गर्ने विद्युत उपभोक्त समितिको अध्यक्ष खड्काले बताए । यसअघि सदरमुकाम नजिकै भएको वडा भएपनि अन्धकारमा रुमलिरहेको थियो । (न्युज २४ नेपाल)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा