सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अछाम, जेठ १० । अछाममा आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि त्यही आगोले घर जलेर नष्ट भएको वडाध्यक्ष भक्तबहादुर बुढाले बताए ।
वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भई ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घरमा आगलागी भएपछि बाँधिएका बाख्रा र गाई पनि जलेर मरेका छन । घटनाको एकिन विवरण आउन बाँकी छ । अहिले स्थानीय र प्रहरीले उद्वारको काम गरिरहेका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा