सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्कली नोटसहित छ जना पक्राउ परेका छन्। शुक्रबार कतारको दोहाबाट रकम लिएर आएका तीन र विमानस्थलमा रकम लिन आएका ति नेपाली सहित छजना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर, महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो। रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको हो।
पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट रहेका छन्।अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड ६० लाख रहेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा