सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १० । ज्येष्ठ पत्रकार वृत्ति कोषको आकार सरकारले बढाएका छन् । सरकारले आगामी बजेटमा ज्येष्ठ पत्रकार वृत्ति कोषको आकार बढाएर ५ करोड पुर्याउने भएका छन् ।
सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाका अनुसार ज्येष्ठ नागरिकलाई निर्वाह भत्ता उपलब्ध गराउन स्थापित अक्षय कोषको आकार कम भएको भन्दै थप २ करोड ३४ लाख रुपैयाँ कोषमा थप्न लागिएको जानकारी दिए । हालको कोष तीन करोड रुपैयाँ रहेका छन्।
मन्त्री बाँस्कोटाले भनेका छन् ‘ज्येष्ठ पत्रकारको आर्थिक सुरक्षा सामाजिक सुरक्षालाई ध्यान दिन स्थापित कोषको आकार समयानुसार बढाउँदै लैजाने छौँ’।
‘सुरुमा १ करोड रुपैयाँबाट कोष स्थापना भएको थियो । पछि यसमा थप २ करोड थपिएर ३ करोड पुर्याइयो ।’ उनले भने, ‘अब कोषमा थप २ करोड ३४ लाख रुपैयाँ थपिन्छ । यसले ज्येष्ठ पत्रकारको आर्थिक तथा सामाजिक सुरक्षणमा थप बल पुग्ने छ ।’
पत्रकारको सुरक्षाका लागि कोषलाई थप व्यवस्थित र बलियो बनाउन आकार बढाउन लागेको उनले जनाएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा