सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ९ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको फिल्म ‘प्रेम दिवस’ जेठ ३१ बाट प्रदर्शनमा आउदै छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले पनि फिल्मको प्रचारप्रसार बढाउनका लागि कहिले ट्रेलर कहिले गीत लगायतका सामाग्री सार्वजनिक गरेका छन् ।
उक्त फिल्मका केही दिन अगाडी पहिले ट्रेलर सार्वजनिक गरेका थिए । प्रेम, विछोड र रोदनले भरिएको ट्रेलरमा अभिनेत्री प्रियंकाको दोहोरो प्रेम देखाएको छ । उनलाई यो फिल्ममा आयुष्मान र नवअभिनेता विशाल खरेलको प्रेममा देख्न सकिन्छ ।
जवान केटिले गरिब र धनी केटासँग प्रेम गर्दा आइपर्ने बिषयमा यो फिल्म बनेको छ । यो फिल्मको निर्देशक योगेश घिमिरेले गरेका हुन् ।फिल्ममा प्रियंका, आयुष्मानर विशालको अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मको निर्माता मनिष दाहाल र कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा