सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ७ । नेपाल प्रहरीले संगठन भित्रका खेलाडीको सेवा सुविधा वृद्धि गर्ने तयारी गरेको छ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिएका हुन्।’खेलकुद क्षेत्रको विकासका लागि संगठन भित्र आवश्यक व्यवस्था मिलाउने काम अघि बढाइएको छ,’ उनले भने।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै महानिरीक्षक खनालले सो कुरा बताएका हुन्। देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका संगठन भित्रका खेलाडीलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन पनि उनले आग्रह गरे।
उक्त कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको सहभागिता सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए। प्रदेश नं ५ को बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, दाङ र प्रदेश नं. ३ को ललितपुरमा संचालन भएको “बृहत आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता” मा ५९ स्वर्ण, ५० रजत र ४५ कास्य गरी जम्मा १५४ पदक प्राप्त गरि नेपाल प्रहरीले दोश्रो स्थान हासिल गर्न सफल भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा