• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

      आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

      २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

      सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

      सरकार विचलित छैन : प्रवक्ता गुरुङ

      चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

      औषधि विभागका अधिकृत घुससहित पक्राउ

      चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

      बारपाक–सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा

      सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

      परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

      अझै पत्तो लागेन फेला बेपत्ता दम्पत्तिको अवस्था

      बालिका बलात्कर गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला

      आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह

      एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    होमपेज /  समाचार

    लागु औषध नियन्त्रण मार्गदर्शन : स्थानीय तहबाटै नीति र योजना

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ ७, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, जेठ ७ । सङ्घीय राज्य प्रणाली अनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने सरकारी नीति अनुरुप अब स्थानीय तहले लागुऔषध नियन्त्रण सम्बन्धीको थप महत्वपूर्ण जिम्मेवारी पाएको छ ।

    लागुऔषध नियन्त्रण ऐन २०३३ ले दण्डनीय गरेको लागुपदार्थ ओसारपसार, बिक्री वितरण प्रयोग र सञ्चय जस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय तहले नै कार्याक्रम सञ्चालन गर्ने गरी सरकारले ‘मार्गदर्शन’ तयार पारेकाले स्थानीय तहमा जिम्मेवारी थपिएको हो ।

    हरेक स्थानीय तहले आवश्यक बजेटको व्यवस्था गरी नीति, योजना तथा कार्यक्रम सञ्चालन गर्ने गरी वैशाख २९ को गृह मन्त्रिस्तरीय निर्णयले ‘लागुऔषध नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालनका विषयमा स्थानीय तहलाई मार्गदर्शन २०७६’ निर्माण गरेको हो । उक्त मार्गदर्शनको प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय तहमा परिपत्रसमेत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार रोक्न गृह मन्त्रालयमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर आशातित उपलब्धि भने हासिल हुन सकेको छैन । यस्तो अवस्थामा सङ्घीय संरचनाअनुसार स्थानीय तहलाई नै जिम्मेवार बनाउन लागिएको हो ।

    नेपालको संविधान २०७२ को भावना, मर्म र अनुसूची ५, ६, ७, ८ र ९ अनुसार समुदायस्तरदेखि नै स्वास्थ्य, सभ्य, र अपराध मुक्त समाज निर्माण गरी सरकारको राष्ट्रिय लक्ष्य हासिल गर्ने कार्यमा योगदान गर्न सबै स्थानीय तहलाई सङ्घीय नीति तथा कानुनअनुसार तादाम्यता मिलाई लागुऔषध नियन्त्रणसम्बन्धी नीति, योजना, कार्यक्रम र बजेट व्यवस्था गरी अभियान सञ्चालन गर्न आवश्यकता रहेकाले मार्गदर्शन निर्माण गरिएको हो ।

    लागुऔषध नियन्त्रण शाखा हेर्ने गृह मन्त्रालयको नीति तथा अनुगमन मूल्याङ्कन महाशाखाका प्रमुख नारायणप्रसाद शर्माले सम्बद्ध क्षेत्रका विज्ञहरुको सुझावअनुसार मन्त्रालयले सञ्चालन गर्दै आएको केही कार्यक्रम प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित साझेदार निकाय तथा संस्थामार्फत सञ्चालन गर्ने गरी परिवर्तन गरिएको जानकारी दिए ।

    वि।सं २०६९ को तथ्याङ्कमा नेपालमा लागुऔषध प्रयोग वर्षेनी ११ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखाएको छ । गृह मन्त्रालयले हालको अवस्था पत्ता लगाउन सर्वेक्षणको तयारी थालेको छ । लागुऔषधका प्रयोगकर्ताहरुमा एचआइभी, हेपाटाइटिसलगायत रोगको संक्रमण हुने बढी जोखिम हुन्छ ।

    लागुऔषध प्रयोगका कारण घर झगडादेखि दुर्घटना, सामाजिक अपराध व्याभिचार पैदा हुने र परिवार नै विखण्डन हुने अवस्था सिर्जना हुन्छ । सरकारले आआफ्नो कार्ययोजनामा लागुऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम बजेट तर्जुमा गर्ने, जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्न, लागुऔषध नियन्त्रणसम्बन्धी स्थानीय तहदेखि नै रणनीतिक योजना निर्माण गर्न र लागुऔषध नियन्त्रणमा सक्रिय भएका सङ्घ संस्थाहरुलाई एकद्वार प्रणालीमा राखी काम गराउनसमेत निर्देश गरेको छ ।

    प्रमुखको नेतृत्वमा समिति गठन

    हरेक स्थानीय तहमा लागुऔषध दुरुपयोग र ओसारपसार रोकथाम विरुद्ध गाउँपालिका वा नगरपालिका प्रमुखको नेतृत्वमा लागुऔषध नियन्त्रण समिति गठन गर्नसमेत मार्गदर्शनमा भनिएको छ ।

    समितिमा स्थानीय तहका उपप्रमुख, स्वास्थ्य संयोजक, शिक्षा शाखा प्रमुख तथा विद्यालयका प्रधानाध्यापकहरुबाट नगरपालिका वा गाउँपालिकाद्वारा मनोनित एक महिलासहित दुई सदस्य रहने छन् ।

    यस्तै लागुऔषध दुरुपयोग नियन्त्रणमा लागेका सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, पुनःस्थापन केन्द्रका सञ्चालक, महिला समूह पनि सदस्य हुने तथा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने छन् ।

    उक्त समितिले गाउँ÷नगरभित्र टोलटोलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना केन्द्रमा लगेर उपचारको व्यवस्था गर्ने, धेरै प्रयोगकर्ता भएको स्थानमा पुनःस्थापन केन्द्र नै सञ्चालन गर्ने, उपचार भइरहेको पुनःस्थापन केन्द्रमा पुगेर अनुगमन निरीक्षण गर्ने गरी मार्गदर्शन बनाइएको हो ।

    यस्तै सम्बन्धित सरकारी निकायको समन्वयमा सडक बालबालिकाको यथोचित व्यवस्थापनका साथै आवश्यक पर्दा औषधि पसलको समेत अनुगमन गर्ने गरी समितिले काम गर्न सक्ने जनाइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सरकार विचलित छैन : प्रवक्ता गुरुङ

    चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

    औषधि विभागका अधिकृत घुससहित पक्राउ

    चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

    सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

    अझै पत्तो लागेन फेला बेपत्ता दम्पत्तिको अवस्था

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

    सरकार विचलित छैन : प्रवक्ता गुरुङ

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑