सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ७ । सोलुखुम्बु थामेका कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।
गएको बुधबार २३ औँ पटक सगरमाथा आरोहण गरेका शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाट जानकारी दिनुभयो ।
अघिल्लो वर्ष २२ औँ पटक सगरमाथा आरोहण गर्दादेखि नै सबैभन्दा बढी पटक सगरमाथा आरोहणको किर्तिमानी कायम गरेका शेर्पाले लगातार आफ्नै किर्तिमानी तोड्नुभएको हो ।
उहाँले २५ पटक सगरमाथा चढेर सन्यास लिने यस अघि नै सार्वजनिक घोषणा गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा