• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

      ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

      मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

      महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

      तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

      खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछः स्वास्थ्यमन्त्री

      २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

      घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

      विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

      कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

      एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

      दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

      नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

      एक डोज मात्रै लगाए पुग्ने कोरोनाको खोपले पायो अनुमति

      मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    होमपेज /  मुख्य समाचार

    न्यायलाई किनबेचको वस्तु बनाएको भन्दै गोविन्द केसीले दिए फेरी अनशन बस्ने चेतावनी

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ ५, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    काठमाण्डौँ, जेठ ५ । प्राध्यापक डा. गोविन्द केसीले न्यायलाई किनबेचको वस्तु बनाउने व्यक्तिहरुदेखि त्यो अवस्था सुनिश्चित गर्ने नेताहरुलाई समेत जवाफदेही बनाउन सत्याग्रह समेतका विरोध कार्यक्रमहरु ल्याउने चेतावनी दिएका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै

    न्यायालयमा पुगेका खराब व्यक्तिहरुका कारण संस्थाका रुपमा न्यायालयको गरिमा नगिरोस् भनेर आफुले नागरिकका हैसियतले यस अगाडि सत्याग्रहसमेतका कार्यक्रम गरिसकेका स्मरण गराउदै राज्यको कुनै पनि अंगलाई दल विशेष, माफिया वा अपराधीहरुको स्वार्थ पुर्ति गर्ने माध्यम बन्न नदिने स्पष्ट पारेका छन् ।

    साथै उनले विज्ञप्ति मार्फत तत्काल अनसनरत अभियन्ताद्वयका मागहरु पूरा गर्न समेत सरकारको ध्यानाकर्षण गराएक छन् ।

    साथै केसीले सरकारले ल्याएको चिकित्सा शिक्षा ऐनलाई नेतामुखी र माफियामुखी भन्दै ऐन संशोधन गर्न पनि विज्ञप्ति मार्फत जोडदार माग गरेका छन् ।

    प्रेस विज्ञप्तिको पूर्ण पाठ
    आदरणीय पत्रकार मित्रहरु

    मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएको विदितै छ ।

    यसै क्रममा माफियाहरुको प्रभावमा परेर मेडिकल शिक्षाको गुणस्तर गम्भीर रुपमा खस्किने गरी निर्णयहरु गर्ने तथा निहित स्वार्थका लागि नियामक निकायहरुमाथि हस्तक्षेप गर्ने न्यायालय तथा अदुअआजस्ता राज्यका अंगका पदाधिकारीहरुविरुद्ध समेत हामीले संघर्ष गरिआएका छौं । पछिल्लो समय बिचौलिया तथा दलीय चाटुकारीका कारण बदनामी कमाएका व्यक्तिहरुलाई न्यायालय प्रवेश गराइएपछि मेडिकल शिक्षालाई अस्तव्यस्त बनाउने क्रम फेरि शुरु भएको छ ।

    केही दिन अगाडि गत स्थापित नियम विपरीत ‘प्रवेश परीक्षा विना नै भर्ना हुन पाउँ’ भन्ने एक निजी मेडिकल कलेजको कथित विद्यार्थीको निवेदनमा अन्तरिम आदेश जारी गरिएको छ । जबकी गत पुसमा सर्वोच्च अदालतले नै त्यस्तो अन्तरिम आदेश जारी गर्न अस्वीकृत गरेको थियो ।

    यस्ता निर्णयले वर्षौंको संघर्षपछि योग्य विद्यार्थीलाई मात्रै मेडिकल शिक्षाका लागि भर्ना गर्ने थिति भताभुंग पार्ने मात्रै हैन, शैक्षिक र आर्थिक अपराध गर्ने मेडिकल माफियाहरुलाई जतिसुकै नियम–कानुन मिचे पनि सर्वोच्च न्यायालयका खास मानिसहरुसम्म पुग्न सके उन्मुक्ति पाइन्छ भन्ने आत्मविश्वास समेत दिन्छ ।

    फलस्वरुप काउन्सिल र विश्वविद्यालयलगायत नियामक निकायहरुले जति प्रयास गरे पनि सुधारको प्रक्रिया अवरुद्ध हुन्छ र मेडिकल शिक्षाको गुणस्तर घटिरहन्छ । त्यसबाट अयोग्य स्वास्थ्य जनशक्ति निर्माण मार्फत आगामी धेरै दशकसम्म सेवाग्राही नागरिकहरुको स्वास्थ्य र जीवन खतरामा परिरहन्छ ।

    न्यायको रक्षक नै भक्षक हुने यस्तो अवस्थाको कारण न्यायाधीश नियुक्तिका क्रममा हाबी भएको दलीय भागवण्डा तथा विचौलिया व्यवस्थापन हो । त्यसैले न्याय परिषदको नेतृत्वलगायत दलीय भागवण्डामार्फत न्यायालयमा कार्यकर्ता व्यवस्थापन गर्ने प्रमुख दलका नेताहरु यो अवस्थाका लागि जिम्मेवार छन् ।

    अहिलेकै अवस्था रहेमा न्यायलाई किनबेचको वस्तु बनाउने व्यक्तिहरुदेखि त्यो अवस्था सुनिश्चित गर्ने नेताहरुलाई समेत जवाफदेही बनाउन सत्याग्रह समेतका विरोध कार्यक्रमहरु ल्याउन हामी बाध्य हुनेछौं । स्मरण रहोस, न्यायालयमा पुगेका खराब व्यक्तिहरुका कारण संस्थाका रुपमा न्यायालयको गरिमा नगिरोस् भनेर हामीले नागरिकका हैसियतले यस अगाडि सत्याग्रहसमेतका कार्यक्रम गरिसकेका छौं र अबका दिनमा पनि हाम्रो त्यस्तो जिम्मेवारी रहने अवस्थाप्रति हामी सचेत छौं । राज्यको कुनै पनि अंगलाई दल विशेष, माफिया वा अपराधीहरुको स्वार्थ पुर्ति गर्ने माध्यम बन्न नदिन नागरिकका रुपमा हामी निरन्तर लागिरहनेछौं ।

    साथै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको बिग्रंदो स्वास्थ्य अवस्था तथा सरकारले उहाँहरुको मागप्रति देखाएको चरम असंवेदनशीलताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सीप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदित नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा हो ।

    हामीले यस अगाडि नै बारम्बार चिकित्सा लगायत स्वास्थ्य सेवाका सबै कार्यक्रमहरुको गुणस्तर कायम राख्नका लागि बलियो नियमनको माग गर्दै आएका छौं । त्यसका साथै उत्पादित जनशक्तिको उपयुक्त रोजगारीका लागि समेत राज्यले जिम्मेवारी लिनुपर्छ । हाल कायम निम्छरो स्वास्थ्यकर्मी र नर्सःजनसंख्या अनुपातलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुधार गर्दै लगेर स्वास्थ्य सेवामा भुइँतहदेखि नै नागरिकहरुको पहुँच बढाउनु अनिवार्य छ । त्यसो गर्नुको सट्टा अहिले नै अन्यायमा परेका तथा चर्को बेथितिविरुद्ध आवाज उठाउने नर्सिङ अभियन्ताहरुको सुनुवाइ भइरहेको छैन ।

    यसै विज्ञप्तिमार्फत तत्काल अनसनरत अभियन्ताद्वयका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । दीर्घकालमा चाहीँ हाल कायम चिकित्सा तथा स्वास्थ्य शिक्षाको अन्धाधुन्ध व्यापारीकरण रोकेर दीर्घकालीन योजनासहित आवश्यक मात्रामा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने तथा स्वास्थ्य सेवालाई भुइँतहसम्म बिस्तार गर्दै उत्पादित जनशक्तिलाई आत्मसम्मानसहितको रोजगारीको व्यवस्था गर्न माग गर्दर्छौं । यी लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका सबै उपलब्धिहरुलाई संस्थागत गर्नका लागि हामी लड्दालड्दै नेतामुखी र माफियामुखी प्रावधानहरु सहित सरकारले जबर्जस्ती चिकित्सा शिक्षा ऐन जारी गरेका छ । यस अगाडि हामीसँग सम्झौता भएबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान राखी उक्त ऐन संशोधन गर्न पनि जोडदार माग गर्दर्छौं ।
    -डा गोविन्द केसी
    त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
    २०७६ जेठ ५

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

    ओलीको लैंगिक रुपमा गरिएको आलोचना खेदजनक : मुख्यमन्त्री पोखरेल

    प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

    अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च जाँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

    महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

    तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

    ओलीको लैंगिक रुपमा गरिएको आलोचना खेदजनक : मुख्यमन्त्री पोखरेल

    प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

    ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑