सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, जेठ ५ । झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आइतबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं जना पुगेको छ।
आज विहान ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको भने पाँच जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
अहिले सम्म मृत्युहुनेको संख्या नौं जना पुगेको प्रहरी निरिक्षक नवराज ढुङ्गेलले जानकारी दिए।
मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने ४६ वर्षीय विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा.पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी न.पा बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुष, ३०/३२ वर्षीय पुरुष र अर्का २०/२२ वर्षीय पुरुष रहेको उनले जानकारी दिए।
घाइते मध्ये १७ जनाको काठमाडाैं ट्रमा सेन्टर तथा मेडिसिटि अस्पतालमा पठाइएकाे प्रहरीले जनाएकाे छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा