सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ४ । बढुदो गर्मी अथवा मौसम परिवर्तनसँगै अहिले मौसमी रुघाखोकी र झाडापखालाको बिरामी पनि बढ्दै गएका छन् ।
मौसम परिवर्तनकै क्रममा प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा माहामारीको रुप लिने गरेको पाइन्छ । झाडापखाला, हैजा जस्ता सरुवा रोगबाट वर्षेनी धेरै नागरिकको ज्यानै जाने गरेका छन् ।
यसैक्रममा, झाडापखालाको मुख्य जोखिममा बालबालिका र बुढाबुढी पर्ने गरेको छ । झाडापखालाको कारण, उपचार र बच्ने उपायका विषयमा केन्द्रीत रहेर शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा वासुदेव पाण्डेले विस्तृतमा जानकारी दिएका छन् ।
झाडापखाला कसरी लाग्छ ?
दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकीसमेत हुनुलाई झाडापखाला वा झाडावान्ता पनि भनिन्छ ।
विशेषगरी ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा झाडापखाला हुन्छ । दूषित खाना, पानी र फोहोर हातका माध्यामबाट झाडापखालाका कीटाणु फैलिन्छन् ।
भिब्रियो कोलेरा, जुकाहरू (हेलमेन्थ) जस्ता ब्याक्टेरियाको संक्रमणले मानिसमा झाडापखला लाग्छ । भाइरसअन्तर्गत मुख्य रूपमा रोटा भाइरसलगायत अन्य भाइरल संक्रमणले गर्दा पनि हुन्छ ।
गर्मीमा खाना छिटो बिग्रने, धुलोधुँवा, फोहोर, हुरीबतासलगायतका कारण रोगका किटाणुहरूले मानिसमा यस्ता रोगहरू सार्ने गर्दछन् ।
एकदेखि दुई पटक दिसा हुँदा समान्य अवस्था मानिन्छ । दिसामा चिप्लो पदार्थ सिगान जस्तै मिसिएको छ अथाव पानी\पानी मात्रै छ भने झाडापखाला लागेको भनेर बुझन् सकिन्छ ।
दिसाबाट पानी मात्रै गएको छ भने भाइरलको कारणले झाडापखाला लागेको बुझ्न सकिन्छ । यस्तै रगतमासी मिसिएको दिसा भयो भने अमिबा भएको बुझ्नु पर्दछ ।
दिशाबाट रगत÷रगत मात्रै भयो भने ब्याक्टेरियाको कारण भएको बुझ्नु पर्दछ । दिशा गर्दा सेतो पानी धेरै आएको खण्डमा भने हैजा भएको अनुमान गर्न सकिन्छ ।
हैजाले धेरै पटक पखाला लाग्ने र शरीरमा तुरुन्तै शुख्खापन हुने समस्या हुन्छ । साथै जिब्रो सुक्ने र जिब्रो चाउरी पर्ने समस्या हैजाबाट हुन्छ ।
बारम्बार पातलो दिसा हुनु, दिसामा सिँगानजस्तो चिप्लो पदार्थ तथा रगत आउनु, शरीर शिथिल हुनु, आँखा गाडिने-मुख सुक्ने, बढी मात्रामा तिर्खा लाग्ने, कमजोर एवम् बेहोस हुन सक्ने सम्भावना पनि हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा