सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पुर्याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी दश जना प्रतियोगीहरुले एकै स्वरमा यस्तो दाबी गरेका हुन् । नायिका पुजना प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ । उनीहरुकाअनुसार उक्त प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरु सहभागी थिए ।
सम्पूर्ण निर्णयकर्ताहरुको निर्णय आफूहरुलाई दिन नसकेको र आएको निर्णयहरु पनि केरमेट भएकोले आफूहरुमाथि ठूलो अन्याय भएको भन्दै प्रतियोगितामा लागेको सम्पूर्ण खर्च आयोजकले फिर्ता दिनुपर्ने उनीहरुले माग गरे । प्रति व्यक्ति १ लाख ५० हजारका दरले आफूहरुको खर्च भएको भन्दै आयोजक पुजनाले उक्त रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।
पत्रकार सम्मेलनमा प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरु निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना (नेवार), अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया सहभागी थिए ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा