सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, बैशाख १४ । माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ धम्पुसमा एक जनाको हत्या भएको छ । धम्पुुस ओखरबोटका अन्दाजी ६०/६५ वर्षका सन्ते विकले ५२ वर्षका मानकाजी विकको हत्या गरेका हुन् । विहान १० बजे नातिनीलाई विद्यालय पु¥याएर फर्कने क्रममा बाटो कुरेर ढु·ाले थिचेर हत्या गरेका हुन् । हत्यारा सन्ते विक मृतकका भेना हुन् ।
उनीहरुबिच पहिला पनि समान्य झगडा हुने गरेको स्थानीयको भनाई छ । विहानभरी नै उनले मार्छु भन्दै हिडेको प्रत्यक्षदर्शीले बताए । हत्याराले मृतकका भाईका छोरा र अन्य महिलालाई पनि ढु·ाले प्रहार गरेका भए पनि भागेर ज्यान बचाएको उनीहरुले जानकारी दिएका छन् ।
मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ भने हत्यारा प्रहरी नियन्त्रणमा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा