सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / बैतडी, जेठ २ । बैतडीमा बिहिवार बिहानै एक केटी झुन्डिएको अवस्थामा फेला परेकी छिन । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ बनाली घर भएकी केटी घर नजिकैको मेलको रुखमा झुन्डिएर मरेको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । प्रहरीका अनुसार १९ बर्षिय केटी सावित्री चन्द मृत फेला परेपछि प्रहरीले तत्काल अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
चन्दको हत्या भएको भन्दै स्थानीय आक्रोशित हुँदै हत्यारा पत्ता लगाउनुपर्ने माग राख्दै आएका छन । प्रहरीले अनुसन्धानका क्रममा मृतक युवती चन्दको कोठा चेकजाँच गर्दा उक्त कोठामा प्रशान्त क्षेत्री भन्ने युवकको नेपाली नागरिकता, फोटोहरु र उनको सिरानीमा नगद १० हजार रुपैयाँ फेला पारेपछि क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । क्षेत्री नै हत्यारा हुन भन्ने चै भन्न नसक्ने बताउदै प्रहरीले अनुसन्धानका क्रममा अरुलाई समेत नियन्त्रणमा लिएर वास्तविक हत्यारा पत्ता लगाउने काम भैरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा