सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, बैशाख ३१
कैलालीको टीकापुरमा मंगलबार दिउँसो एक युवकले झुन्डिएर आत्महत्या गरेका छन । टीकापुर नगरपालिका-१ ब्लक नम्बर १९ बस्ने टेक बहादुर रावलका २८ बर्षिय सन्दिप रावलले झुन्डिएर आत्महत्या गरेका हुन ।
उनी आफ्नै घरको कोठाको सिलिङ पङ्खामा डोरी बाधेर झुन्डेको अवस्थामा दिउँसो करिब १ बजेतिर फेला परेका थिए । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी हवल्दार सहदेव कार्कीका अनुसार मृतक रावल अलिकति सुस्तमनस्थितिका थिए ।
झुन्डिएर मर्नुको खास कारण भने खुलेको छैन । उनलाई अहिल पोस्टमार्टमका लागि टीकापुर अस्पताल ल्याइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा