सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ३० । दिवंगत अभिनेत्री श्रीदेवीको अन्तिम सिनेमाले चिनियाँ वक्सअफिसमा गतिलो सुरूवात गरेको छ। सिनेमाले रिलिजको पहिलो दिन शुक्रबार ९.८ करोड भारूको कमाइ गरेको छ।
सिनेमा चीनभरका ३८ हजार ५ सय परदामा रिलिज गरिएको थियो। व्यापार विश्लेषक तरण आदर्शले यसलाई राम्रो सुरूवात भनेका छन्।
तरणले ट्वीटमा भने, चीनको वक्सअफिसमा मम चौथो स्थानमा रह्यो (पछिल्लो महिना रिलिज भएको अन्धाधुन्दा भन्दा यसको ओपनिङ राम्रो छ) यसको सुरूवात राम्रो छ, शनिबार र आइतबार यसको व्यापारमा गति देखिएको छ ।
साथै यस सिनेमाबाट श्रीदेवीले मरोणापरान्त सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा