सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / दार्चुला, बैशाख २७ । दार्चुलामा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ का २६ बर्षिय युवक दलबहादुर महरा अवस्थामा फेला परेका हुन । प्रहरीका अनुसार शुक्रबार बिहान मात्र मृतकका अभिभावकले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
युवक महराले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरी जनाएको छ । शवको प्रकृति बारे जानकारी दिदै प्रहरी कार्यालयले उनको शव प्लास्टिकको डोरिले झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा