सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, बैशाख २६ । भारतीय बजारतर्फ गाई तस्करी गरेर लैजाँदै गरेका गाईसहित एक जना तस्करलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको इशनाथ नगरपालिका ३ बन्जरहाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ४० वटा गाईसहित एक जना तस्करलाई रौतहट नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहिबार बिहान करिब ३ बजेको समयमा प्राप्त सूचनाको आधारमा खटेको प्रहरी टोलीले सीमावर्ती क्षेत्रको दशगजाबाट ४० वटा गाईसहित एक जना तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका ५ बस्ने वर्षीय शेख नशिर रहेको छ।
रौतहट प्रहरीका डिएसपी नवीन कार्कीका अनुसार ४० वटा गाईलाई डोर्याएर नेपालको बन्जरहा नाका भएर भारत तर्फ लैजाँदै गरेको अवस्थामा नशिरलाई पक्राउ गरिएको बताए ।
४० वटा गाईको ४ लाख ८ हजार मूल्यांकन गरेर नशिरलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको कार्कीले जानकारी दिएका छन्।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा