सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, वैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहनुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार प्रधानमन्त्रीको सिफारिशमा संविधानबमोजिम रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको हो । प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा