• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २३ वर्षपछि रातो टीका र पछ्यौरी

      विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

      ओलीको पेलानमा निरीह नेपाल

      प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

      एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

      पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

      धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

      ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

      महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

      आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

      छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

      काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

      आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

      बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    होमपेज /  समाचार

    प्रहरीले यसकारण उद्धार गर्यो गोल्फुटारबाट १९ बालबालिका

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २५, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    नारायण ढुङ्गाना/काठमाडौँ, बैशाख २५ । कर्णाली क्षेत्रका ४७ बालबालिकालाई एक वर्ष अघि नै कालीकोटका जयबहादुर विकले निश्चित शुल्कमा जिम्मा लिएर पठनपाठनका लागि भन्दै काठमाडौँको गल्फुटारस्थित न्यू कर्णाली एजुकेशन होस्टलमा राखेका थिए ।

    तीनजना सञ्चालककै आफन्त भए पनि ४४ बालबालिका विभिन्न क्षेत्रका थिए । अभिभावकसँग विवाद भएपछि यस अघि २४ बालबालिकालाई अभिभावकले फिर्ता लगेको बताइए पनि यकिन जानकारी नआएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उजुरी परेपछि १९ लाई भने सोमबार प्रहरीले उद्धार गरिसकेको छ ।

    होस्टलको रेखदेख गर्दै आएका कमल विकका अनुसार शुरुआती समयमा बालबालिकाको बसाइ र पढाइ राम्रै थियो । विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त हुँदा बालबालिकाको सरसफाइदेखि खानपान तथा स्वास्थ्य शिक्षामा कुनै समस्या थिएन ।

    बाहिरी सहयोग आउन छाडेपछि अवस्था नाजुक बन्दै गएको विकको भनाइ छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार सोमबार बच्चा भेट्दा कोठा दुर्गन्धित थियो । खानेपानी तथा खान लगाउनकै समस्या थियो । पसलबाट ल्याएको रासनको पैसा तिरिएको थिएन । बालबालिकाको अवस्था सरसफाइविहीन भेटिएको घटनास्थलको मुचुल्का गर्न गएका प्रहरी हवल्दार ओमप्रकाश बैठाले बताए ।

    विगतमा प्रतिव्यक्ति रु. २५ हजारदेखि रु दुई लाखसम्म उठाएर बालबालिका ल्याएका जयबहादुरले होस्टलको आर्थिक अवस्था कमजोर भएको भन्दै अभिभावकसँग पुनः मासिक एक हजार दिनुपर्ने माग गरेपछि समस्या बल्झिएको हो । कतिपय अभिभावकले दिने सहमति जनाए भने कतिपयले पैसा तिर्न नसक्ने जवाफ दिए । कतिपयले दिएको पैसा र बालबालिका फिर्ता गर्न माग गरेपछि विवाद शुरु भएको हो ।

    त्यसअघि रु. २५ हजारदेखि दुई लाखसम्म पैसा लिएर बालबालिकालाई १० कक्षासम्म पढाइ दिने सहमति गरी जयबहादुरले बालबालिका ल्याएको होस्टल रेखदेख गर्दै आएका विकको भनाइ छ । उनका अनुसार पढाइ पनि चल्दै थियो ।

    विवादका कारण अभिभावकले पैसा र बालबालिका फिर्ता मागेपछि जयबहादुरले एक वर्षसम्म पालनपोषण गरेको पैसा कटाएर दिने बताएको विकको भनाइ छ । त्यसपछि रुष्ट अभिभावक प्रहरीको शरणमा पुगेका हुन् । ‘अब हाम्रो भन्नु केही छैन, अभिभावकले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं’, विकले भने ।

    अभिभावककै उजुरीका आधारमा सोमबार बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारबाट १९ बालबालिकालाई प्रहरीले उद्धार गरेको थियो । जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट झण्डै रु. दुई लाखसम्म उठाएर बालबालिका ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

    वृत्तबाट खटिएको प्रहरीद्वारा उद्धार गरिएका बालबालिकामध्ये नौ जना हिमाली नवीन समाज महाराजगञ्ज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेका छन् । जयबहादुर हाल फरार रहेकाले उनकोे खोजी जारी रहेको तथा सो विषयमा अनुसन्धान भइरहेको वृत्तका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

    ठगी मुद्दा लाग्दै

    प्रलोभनमा पारी पैसा लिएर बालबालिकालाई अलपत्र पारेको भन्दै बालबालिकाका अभिभावकले ठगी गरेको आरोपमा कारवाहीको माग गरेका छन् । बालबालिकाका चार अभिभावक रामबहादुर बुढा, बुद्धिमान रोकाया, वीरबहादुर कटुवाल र कल्पना सिंहले महाराजगञ्ज प्रहरी वृत्तमा जाहेरी दरखास्त दिँदै रु. १३ लाख १३ हजार ठगी गरेको आरोपसहित कारवाहीको माग गरेका छन् । अन्य अभिभावकसमेत सम्पर्कमा आइरहेको प्रहरीले जनाएको छ ।

    ‘हामी अनुसन्धानकै क्रममा छौँ, जाहेरीको आधारमा शुरुमा ठगी मुद्दा अगाडि बढ्ने देखिएको छ, त्यसपछि प्रमाणको आधारमा अरु कारवाही हुन्छ’, वृत्तका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले भने । -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    आज फागुन २५ गते मङ्गलबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे

    आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    ओलीको पेलानमा निरीह नेपाल

    प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

    ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

    एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

    छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एनआइसी एसिया बैंकले माग्यो ठूलो संख्यामा विभिन्न पदका लागि कर्मचारी

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑