सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २५ । ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो ।
संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो । एकैछिनमा संसदको माहोल तात्यो । होहल्लाबीच प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भयो ।
त्यस क्रममा न विपक्षी कांग्रेसले ढंग पुर्यो न त विगतमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको नजिर कायम गर्न सत्तापक्ष सफल भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा