सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अन्तिम लिग म्याचमा पराजय झेलेको गत बर्षको च्याम्पियन चेन्नई आइपीएलको पहिलो क्वालिफायरमा मंगलबार आत्मविश्वासले ओतप्रोत मुंबईसँग खेल्दैछ । महेन्द्र सिंह धोनीको कमाण्डमा रहेको चेन्नई टिमलाई आफनै घरेलु मैदानमा राम्रो प्रदर्शनको भरोसा हुनेछ ।
लीग चरणपछि अब आईपीएलको प्लेअफ प्रतिशस्पर्धा शुरु हुनेछ जसमा चेन्नई र मुंबई पहिलो क्वालिफायरमा एक–अर्कासँग आमने–सामने हुनेछ । जीत्ने टिम १२ मे मा हुन गईरहेको फाइनलमा ठाउँ बनाउनेछ । हार्ने टिम १० मे मा दोस्रो क्वालिफायर खेल्नेछ । दुबै टिमले ३÷३ पटक उपाधि जिति सकेका छन् । चेन्नई टिमले उत्कृष्ट शुरुवात गर्यो तर बिचमा लय छोड्यो । उसलाई मोहालीमा भएको अन्तिम लीग म्याचमा पंजाबले ६ विकेटले हराएको थियो ।
चेन्नईको लागी राम्रो कुरा के हो भने म्याच उसकै गढमा हुन गईरहेको छ जहाँ उसको शानदार रेकर्ड बनेको छ । चेन्नईले एम ए चिदंबरम स्टेडियममा सात मध्ये ६ म्याच जितेको छ जसको उसले फाइदा लिनेछ । लिग चरणमा चेन्नईका शिर्षक्रमले राम्रो प्रदर्शन गरेको छ जसलाई मुंबईको उत्कृष्ट बलरहरुको अगाडि उत्कृष्ट खेल देखाउन पर्नेछ । मुंबईको फास्ट बलर जसप्रीत बुमराह र लसिथ मालिंगाको अलावा मिडियम पेसर हार्दिक पाड्य पनि १४ विकेट लिएर आफनो उपयोगिता साबित गरीसकेका छन् ।
धोनीको ब्याटिङमा सबैको नजर
चेन्नईको लागी ब्याटिङको वाहक कप्तान धोनीमाथि नै रहेको छ जसले १२ म्याचमा तीज अद्र्धशतक समेत ३५० भन्दा बढि रन बनाएका छन् । उनीसँगै शेन वाटसन र सुरेश रैनाले उत्कृष्ट पारी खेल्नु पर्ने हुन्छ । चुंकी अंबाती रायडु चल्न सकिरहेका छैनन् । चेन्नईले यो पटक केदार जाधवको कमी महशुस गर्नेछ, जसको पंजाब विरुद्धको खेलमा काधमा चोट लागेको थियो । उनको ठाउँमा मुरली विजय वा ध्रुव शौरीलाई उर्ता सकिनेछ ।
रोहित–डिकाक माथि राम्रो शुरुवाती जिम्मा
यो सत्रमा बलर चेन्नईको तागत बनीरहको छ भने यहाँका विकेटमा उनीहरुको बलर अरु खतरनाक सावित भएका छन् । इमरान ताहिरले अहिलेसम्म २१ विकेट लिइसकेका छन र दिल्ली क्यापिटल्सका कैगिसो रबादा (२५) पछि दोस्रो स्थानमा छन् । हरभजन सिंह र रविन्द्र जडेजाले १३÷१३ विकेट लिएका छन् ।
चेन्नईका बलरको लागी यद्यपी, चुनौती कडा छ किनभने मुंबईका क्विटदन डि काक (४९२), रोहित शर्मा (३८६) र हार्दिक (३८०) शानदार फर्ममा छन् । रोहित र डि काकले यदि राम्रो शुरुआत दिलाएमा हार्दिक डेथ ओभरमा आक्रामक ब्याटिङले तस्विर बदल्ने क्षमता राख्छन् ।
कीरोन पोलार्डलाई रोक्न मुश्किल छ । यस्तैमा मिडियम पेसर दिपक चाहरमा शुरुवात िविकेट लिने जिम्मेदारी हुनेछ जसले अहिलेसम्म १६ विकेट लिइसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा