सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २३ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीलाई नयाँ उचाइ दिन एकता भए पनि ठूलो पार्टीभित्र पनि एक्लैजस्तो महसुस हुने वातावरण बनिरहेको बताएका छन् ।
कार्लमार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो स्थितिमा समीक्षा जरुरी रहेको बताए ।
‘६/७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौं । तर हामी किन हिम्मत हार्दैछौं ? किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं,’ अध्यक्ष दाहालले भने, ‘हिजो जंगलमा थियौं, जंगलमा भएजस्तो अनभूति थिएन, अहिले काठमाडौंमा लाखौं मानिसबीच हुँदाचाहिँ जंगलजस्तो एक्लो महसुस हुन थालेको छ ।
।
अहिले के विचित्र भइरहेको छ ?’ उनले आन्दोलनलाई नयाँ उचाइ दिनका लागि आवश्यक रहेको र त्यसका लागि आफू जे गर्न पनि तयार हुने प्रतिबद्धता जनाए । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा