सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २२ । अमेरिकाको न्युयोर्क शहरमा हुने कराँते प्रतियोगितामा हिक्मत घर्तीमगरले प्रतिस्पर्धा गर्ने भएका छन्।
सेप्टेम्बर २२ देखि सेप्टेम्बर २४ सम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा हुन लागेको अमेरिका कराँते कपमा नेपाली कराँते खेलाडी हिक्मत घर्तिमगरले सहभागिता जनाउने पक्का भएका छ।
३ दिनसम्म चल्ने उक्त प्रतियोगितामा ४० देशका खेलाडिले भाग लिनेछन्। घर्तिमगरले ६७ किलो तौल समूह कुमेटी र एकल काता तर्फ भाग लिँदै छन्।
कुमेटीमा अब्बल मानिने घर्तिमगरले यसअघि सन् २०१८ मा पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको कराँते ओपन लिस्बोनमा कुमेटी तर्फ नेपाललाई कास्य पदक दिलाएका थिए । घर्तिमगर सेप्टेम्बर २१ मा न्युयोर्क प्रस्थान गर्ने छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा