• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

      गायिका अञ्जु पन्तले गरिन थिर कोइरालासँग विवाह

      ‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

      लुम्बिनी घुम्ने शुल्कमा बृद्धि, भिडिओ–फोटो खिच्दा पनि थप शुल्क तिर्नुपर्ने

      २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

      इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो बजार कारोबार स्थगित

      नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

      महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

      सारथी नेपाल लघुवित्तको लाभांश घोषणा

      डा.केसीद्वारा सत्याग्रह स्थगित

      पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

      एसईई परीक्षा जेठको दोस्रो साताभित्र सक्ने बोर्डको तयारी

      शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर

      आरम्भ चौतारी लघुवित्तले बोनस सेयर दिने

      देउवा निवासमा तीन नेताबीच के भयो छलफल ?

    होमपेज /  समाज

    आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु …

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २१, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    ‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

    ‘मनमा दुःखको सागर उर्लिएकै भए पनि
    छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि ।
    सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा
    छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’

    शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए ।

    मातातीर्थ औँसी अर्थात् ‘आमाको मुख हेर्ने दिन’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १४ छात्र–छात्राले आमाको महिमा, आमाका दुःख कष्ट र सन्तानका लागि आमाले गर्ने त्याग र महानताका कविता सुनाएका थिए ।

    ‘आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु
    आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु ।’

    कक्षा १० का छात्र रोहित थापाले ‘आमा’ शीर्षकको यो कविता वाचन गर्दा विद्यार्थी मात्रै होइन शिक्षक-शिक्षिकासमेत दङ्ग परे । सबैको एउटै कामना थियो सबै छोराछोरीको बिहेपछि र कमाउने भएपछि पनि आमा बाबाप्रति यस्तै भावना, विचार र व्यवहार भैदिए हाम्रो समाजमा वृद्धावस्थामा कोही आमाबाबा निराश हुनुपर्ने थिएन । कही कतै वृद्धाश्रम बनाउनुपर्ने थिएन ।

    तर, कवितामा पोखिएका भाव र विचार व्यवहारमा भने लागू गर्न नसक्दा आफ्नै सन्तानबाट उपेक्षित बनेर सहाराविहीन भएका आमा आज वृद्धाश्रममा भेटिने गर्दछन् । प्राण जतिकै माया ममता दिएर हुर्काएका सन्तानले जब बूढेसकाल वा अशक्त अवस्थामा अपहेलना गर्छन् त्यति बेला जुनसुकै आमाको मन पनि कुडिने कुरा छात्रा काजल केसीले आफ्ना कविताका हरफमा यसरी व्यक्त गरे–

    वृद्धाश्रम बने किन रु सन्तान हो, भन्न सक्दछौँ ?
    आफ्नै आमालाई हेला, सन्तान हो किन गर्दछौँ ?
    बूढेसकालको व्यथा तिमीले पनि भोग्ने छाैँ
    त्यति बेला अनि तिमी आमाको दुःख देख्ने छौँ ।।

    काजलका कविताको यो हरफमा व्यक्त भएका शब्दसँग नेपाली समाजको यथार्थता मेल खाएको शिक्षक वीरबहादुर गुरुङले बताए । “आफ्नै आमाबाबाप्रति असहिष्णु बन्ने व्यक्ति समाज र देशका लागि सहिष्णु र जिम्मेवार बन्नै सक्दैन”, गुरुङले भने । छोराछोरीको रेखदेख र स्याहारसुसारमा बूढ्यौली जीवन कटाउने अपेक्षामा रहेका आमाले सबैभन्दा दुःखको अनुभूति त्यतिबेला गर्छन्, जतिबेला आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ ।

    मातापितालाई देवतासरह मान्नुपर्छ भन्ने संस्कार सिकाउने हाम्रो आदर्श वाक्य रहे पनि त्यो व्यवहारमा भने लागू हुन नसकेको ८४ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । विद्यार्थीले कवितामा व्यक्त गरेका भाव र विचार वयस्क मानिसले व्यवहारमा उतार्ने हो भने संसारका कुनै पनि आमाले दुःख पाउनु नपर्ने र आफ्ना सन्तानप्रति कुनै गुनासा नआउने शिक्षक प्रेम शाही ‘समुन्द्री’ले बताए ।

    कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भावना शेरबुजाले आमाको तुलना संसारका कुनै चिजसँग गर्न नसकिने बताउँदै आफूलाई मनपर्ने कविताको हरफ सुनाएका थिए –

    ‘संसारमै छ सबै चिज, खोजे मिल्छ घरी घरी
    तर जन्म दिने आमा पाइँदैन कसै गरी ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    गायिका अञ्जु पन्तले गरिन थिर कोइरालासँग विवाह

    ‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

    लुम्बिनी घुम्ने शुल्कमा बृद्धि, भिडिओ–फोटो खिच्दा पनि थप शुल्क तिर्नुपर्ने

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    ‘लोकतन्त्रमा जीतहार निर्वाचनबाट हुन्छ’

    देउवा भेट्न बुढानिलकण्ठ जादै प्रचण्ड र माधब नेपाल

    प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    थप पाँच हजार क्विन्टल धान खरीद गरिने

    अदुवाको भाउ घटेपछि किसानमा निराशा

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑